जटही नाकामा तनाव : सीमामा रोकिएको आक्रोसमा प्रहरीमाथि ढुंगामुढा

जेठ १४,धनुषा । जिल्लाको जटही नाकामा तनाव भएको छ । भारतबाट आएका नेपालीले सीमामा रोकिएको आक्रोसमा प्रहरीमाथि ढुंगामुढा गरेपछि त्यहाँ तनाव भएको हो । सीमामा भोकभोकै बस्नुपरेको भन्दै भारतबाट आएका नेपालीले प्रहरीका साथै एम्बुलेन्समा पनि तोड्फोड गरेका छन् । भारतबाट आएका एक गम्भीर बिरामी लिन पुगेको ज.१त १२१३ नम्बरको एम्बुलेन्समा उनीहरूले तोड्फोड गरेका हुन् । भारततर्फ रहेका ती बिरामीको अवस्थाबारे विभिन्न हल्ला चले पनि खुल्न नसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला जानकारी दिए । भारतबाट आएकाको भीडले नेपालतर्फ ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । धनुषाका प्रमुख जिल्ला…

पुरा पढ्नुहाेस्