रामेछापमा यात्रुबहाक बस दुर्घटना, झण्डै १ दर्जन घाइते

बैशाख १०,दोलखा । काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको छ । दुर्घटनामा झण्डै १ दर्जन घाइते भएका छन् । मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार बसमा ३९ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।

पुरा पढ्नुहाेस्