नेपाल बैंकको संदेशमुलक दशैं भिडियो “मामाघर” सार्वजनिक (भिडियोसहित)

आश्विन १२,काठमाडौँ । नेपाल बैंक लिमिटेडले बडा दशैंको अवसरमा संदेशमुलक दशैं भिडियो “मामाघर” सार्वजनिक गरेको छ । दशैंमा बालबच्चाहरुको मामाघर प्रतिको मोह तथा बाल मनोबिज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्बहरुमा दिदिभाई दाजुबहिनीहरुको मायाममता तथा सम्झनालाइ समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ । करिव ३ मिनेटको यो भिडियोमा छोरीको बुद्दिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट सम्भव भएको छ भने दशैंमा मामाघरमा गई टिका लगाउन पनि छोरी सफल भएको देखिन्छ । सानो छदाको दिदिभाईको माया स्नेह विवाहपश्चात विस्तार कम हुंदै गई दुरी बढ्दै जाने र एकले अर्कोलाई…

पुरा पढ्नुहाेस्