बाघको आक्रमणबाट पर्सामा एक जनाको ज्यान गयो

पुस १०९,पर्सा । बाघको आक्रमणबाट पर्सामा एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको ज्यान गएको प्रहरीले जनाएको छ । घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज सोमवार बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० रामराज केसरीले जानकारी दिए । धाँगडको शव परीक्षणका लागि वीरगञ्जमा रहेको नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहाेस्