मिर्चैयामा बस दुर्घटना: २ जनाको मृत्यु, २२ जना घाइते

आश्विन १५,सिरहा । जिल्लाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २३ जना घाइते भएका छन् । हिजो दिउँसो सप्तरीको राजविराजबाट जनकपुरका लागि छुटेको ना ४ ख ७१८७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा बसका सहचालक समेत रहेका धनुषाको जनकपुर उपमहानगरपालिका–२० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया–२ का ४० वर्षीय राजकुमार सदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बस चालक पक्राउ परेका छन् ।

पुरा पढ्नुहाेस्