यश कुमार र मेचु धिमालको स्वरमा ‘गाह्रो छ’को म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक यश कुमार र गायिका मेचु धिमालको स्वर रहेको ‘गाह्रो छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बेगम नेपालीको शब्द, ऋषि खड्काको संगीत, कमल सौरागको एरेन्ज र कुमार रानाको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा रियाशा दाहाल र बेगम नेपाली ‘भटभटे माइला’ फिचर्ड छन् । रोमान्टिक फ्लेभरको गीतमा रियाशा र बेगमको जोडी निकै सुहाएको छ । रियाशा र बेगम टेलिफिल्म ‘गाह्रो छ हो’मा रुचाइएका जोडी हुन् । भिडियो बेगम फिल्मस्को व्यानरमा निर्माण गरिएको हो र भिडियोको छायांकन कुलेखानीमा गरिएको छ । काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको…

पुरा पढ्नुहाेस्