व्यक्तिगत अभ्यासमै सीमित छन् ओलम्पिकका लागि सिफारिस खेलाडी

जेठ २७, काठमाडौं । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा प्रतिस्पर्धा गर्न तीन माध्यम छन्– छनोट प्रतियोगिता पार गर्ने, सदस्य राष्ट्रको अनिवार्य सहभागिता गर्नका लागि एथलेटिक्स र पौडीमा दिइने कोटा यूपीएस सिस्टम तथा वाइल्ड कार्ड प्राप्त गर्ने । छनोट प्रतियोगितामा असफल भए पनि त्यसमा गरिएको प्रदर्शनका आधारमा ओलम्पिकले मौका दिने माध्यम हो, ‘वाइल्ड कार्ड इन्ट्री’। आगामी ओलम्पिकमा नेपाली खेलाडीहरू वाइल्ड कार्डमार्फत् प्रवेश गर्दैछन् । सन् १९६४ को टोकियो गृष्मकालीन ओलम्पिकदेखि नेपालले यस प्रतियोगितामा सहभागिता जनाउन थालेको हो। त्यसयता तेक्वान्दोमा संगीना बैद्य एथेन्स २००४ र दीपक विष्ट बेइजिङ २००८ ले मात्र छनोट…

पुरा पढ्नुहाेस्