श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला

चैत्र ११, जनकपुरधाम । जनकपुरस्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत भेटिएकी छन् । जनकपुरधाम उप-महानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमानसँगै बसेकी महिला होटल बाहिर मृत फेला परेकी हुन् । म्याग्दीको मेलानी गाउँपालिका ७ बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपाली श्रीमान् विश्वास श्रीपालीसँगै दुई दिनअघि होटलमा आएर बसेकी थिइन् । उनी होटल छेउमा रहेको हिलो जमेको ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए । दुई साताअघि वैदेशिक रोजगारबाट फर्केका श्रीमानसँग उनी…

पुरा पढ्नुहाेस्