२ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास

भाद्र २६,काठमाडौँ । २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन अहिलेसम्मकै ठूलो मेगावाट क्षमताको जलविद्युत आयोजनाको शिलान्यास गरेका हुन् । मन्त्री बस्नेतले काठमाण्डौमा आज मङ्गलवार आयोजित विशेष समारोहबीच आयोजनाको बाँधलगायतका संरचना (हेडवर्क्स) निर्माण कार्यको शिलान्यास गरे । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत् गृहलगायतका संरचनाहरू निर्माणाधीन छन् ।

पुरा पढ्नुहाेस्