आँबुखैरेनीमा भासिएको सडकमा कार पुरियो, उद्धार टोली परिचालन

जेठ २७, काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा पृथ्वी राजमार्ग भासिएर पहिरो जाँदा दुईतर्फी यातायात अबरुद्ध भएको छ ।

राजमार्ग भासिएको ठाँउमा एउटा सवारी साधन पनि पुरिएको अवस्थामा देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

‘मर्स्याङ्दी नदीको खोंचमा एउटा कारको हुट देखिएको छ, मानवीय क्षतिको पनि आशंका छ, रेग्मीले भने, ‘भासिएको स्थान भीर र नदीको बहाव ठूलो भएकोले उद्धारमा कठिनाइ भइरहेको छ ।’

उनका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई उद्धारका लागि परिचालन गरिएको छ । उक्त कारमा कतिजना थिए र कोको थिए भन्ने खुलेको छैन । उनले त्यसबारे बुझिरहेको बताए ।

संम्बन्धित समचार

Leave a Comment