सरकारले भन्यो-‘अमेरिकाबाट एसपीपीको प्रस्ताव आएको छैन’

असार १,काठमाडौँ । सरकारले अमेरिकाबाट स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नआएको प्रष्ट पारेको छ । एसपीपीको प्रस्तावबारे संसदमा सांसदहरुले सरकारको जवाफ मागेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकाबाट कुनै प्रस्ताव नआएको प्रष्ट पारेका छन्। उनले सरकारको बदनाम गर्नका लागि सुनियोजित ढङ्गले एसपीपी सम्झौता गर्न लागेको लगायतका हल्ला चलाइएको पनि आरोप लगाए ।

‘नेपाल सरकारले कुनै पनि स्टेट पार्टनरसिप प्रोग्रामका लागि निम्तो गरेको छैन । प्रस्ताव राखेको छैन । हामीकहाँ प्रस्ताव आएको छैन, झुट्टा कुरा फैलाएर सरकारलाई बदनाम बनाउने खेल भएको मात्रै हो’ मन्त्री कोइरालाले भने ।

नेपालीलाई धेरै मुद्दामा वनको बाघले भन्दा पनि मनको बाघले खाने गरेको भन्दै मन्त्री कोइरालाले देशको सार्वभौमिकता, अखण्डता र असंलग्नताको सिद्धान्तबाहिर जाने कुरा सोच्न पनि नसकिने बताए ।

संम्बन्धित समचार

Leave a Comment