सुनचाँदीको मूल्यमा गिरावट : प्रतितोला ९७ हजार ३०० रुपैयाँ !

असार ८, काठमाडौ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो । मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ७०० रुपैयाँ रहेको थियो भने आज ९७ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, यसअघि प्रतितोला ९७ हजार २०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज घटेर ९६ हजार ८०० रुपैयाँमा झरेको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक हजार २६५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर एक हजार २५५ रुपैयाँमा झरेको हो ।

 

संम्बन्धित समचार

Leave a Comment