निर्वाचनमा तीन हजार ६५ मतदानस्थल अति संवेदनशीलको सूचीमा !

असोज १४, काठमाण्डौ । गृह मन्त्रालयले संघ र प्रदेश सभा निर्वाचनमा तीन हजार ६५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ । सुरक्षा जोखिम, भौगोलिक अवस्था र मतदाताको संख्याका आधारमा करिब २८ प्रतिशत मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो ।

गृहका अनुसार चार हजार चार सय ७८ मतदानस्थललाई संवेदनशील र बाँकी तीन हजार तीन सय ४८ लाई सामान्यको सूचीमा राखिएको छ । निर्वाचन आयोगले ४ मंसिरमा हुन लागेको निर्वाचनका लागि देशभर कुल १० हजार आठ सय ९१ स्थायी मतदानस्थल कायम गरेको छ । जिल्लाहरूबाटै आएको रिपोर्टका आधारमा सुरक्षा संवेदनशीलता मूल्यांकन गरेर वर्गीकरण गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । करिब सय अस्थायी मतदानस्थल राख्ने आयोगको तयारी छ ।

संम्बन्धित समचार

Leave a Comment