मोरङ-३ मा रेखा थापा तेस्रो, गठबन्धनका सुनील शर्मा निर्वाचित !

मंसिर १०, मोरङ । मोरङ ३ मा सत्तारूढ गठबन्धनका सुनील शर्मा निर्वाचित भएका छन् । बेलबारीस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका शर्माले नेकपा एमालेका भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मत अन्तरले पराजित गरेका हुन् । शर्माले ४८ हजार ६ सय ३१ मत प्राप्त गरेका छन्। ढकाल २५ हजार ८ सय ९५ मतमा सीमित भए ।

२०७४ सालको निर्वाचनमा शर्मालाई पराजित गरेर ढकाल प्रतिनिधिसभा सदस्य चुनिएका थिए । यससँगै प्रतिनिधिसभा सदस्यकै प्रतिस्पर्धामा उत्रिएकी नेपाली सिने क्षेत्रकी चर्चित नायिका रेखा थापा १० हजार ९९८ मतसहित तेस्रो भइन्। थापाले राप्रपाबाट उम्मेदवारी दिएकी थिइन् । निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मंसिर ४ गतेको निर्वाचनमा यो क्षेत्रमा ९७ हजार १२६ मत खसेको थियो ।

संम्बन्धित समचार

Leave a Comment