शेयर बजारमा छलाङ : नेप्से दोहोरो अङ्कले बढ्दै १ अर्ब ३२ करोड कारोबार !

मंसिर १५, काठमाण्डौ । शेयर बजार आज बिहीवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार नौ सय ६१ दशमलव शून्य ६ विन्दुमा पुगेको छ । आज होटल र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज कारोबार रकम पनि उकालो लागेको छ । दुई सय ४१ वटा कम्पनीको ३८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ३२ करोड २९ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैंकको १४ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो । नेप्से परिसूचक बढेको दिन धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत र श्वेत गंगा हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतले बढेको छ ।

संम्बन्धित समचार

Leave a Comment