वसन्तपुरमा उल्लासमय होली (तस्बिरसहित)

फागुन २२,काठमाडौँ । आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ।

आज बिहानैदेखि काठमाण्डौ उपत्यकासहित देशका हिमाली तथा पहाडी क्षेत्रमा होली मनाउन सुरु गरिएको हो । काठमाण्डौ वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन् ।

वसन्तपुरसहित टुँडिखेल लगायतका ठाउँमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका हुन् ।आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । एक, अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ । यतिबेला काठमाण्डौका विभिन्न होली हर्षोल्लासमय समय छ।

संम्बन्धित समचार

Leave a Comment