अभिभावक दिवसमा गगन थापाले भने-‘सेन्ट लरेन्स स्कुल देशकै उत्कृष्ट’

चैत्र ५,काठमाडौँ । काठमाडौंको चावेलमा रहेको सेन्ट लरेस स्कुलले अभिभावक दिवस मनाएको छ । प्रतिनिधि सभा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगनकुमार थापाको प्रमुखआतिथ्यतामा शनिवार सम्पन्न अभिभावक दिवसमा विभिन्न विधामा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले विद्यार्थीलाई सफल मात्र नभई असफल हुन पनि सिकाउन आग्रह गरे । जब असफल भएर बिद्यार्थी सफल हुन्छ तब भित्रबाट बलियो भएर आउने सांसद थापाले उल्लेख गरे । उनले विद्यालयहरुले सधै अविभावकलाई ढोका खुला राख्नपनि आग्रह गरे । साथै सेन्ट लरेन्स स्कुल देशकै उत्कृष्ठ रहेको र स्कुलले पनि सधै उत्तिकै रुपमा उत्कृष्ट शिक्षा दिन सफल रहोस भन्ने सुभकामना ब्यक्त गरे ।

यस्तै काठमाडौं क्षेत्र नंबर ४ का प्रदेश (क) का सांसद श्रीराम लामिछानेले अहिलेको समयमा संस्कारसहितको शिक्षाको खाँचो रहेको भन्दै त्यस किसिमको शिक्षा दिनुपर्नेमा जोड दिए । उनले शिक्षा प्रणालीलाई घोकाईमा मात्रै जोड दिने परिपाटी अन्त्य गदै अघि बढ्नुपर्ने उल्लेख गरे ।

अभिभावक दिवसको अवसरमा गरिएको सो कार्यक्रममा सेन्ट लरेन्स स्कुलका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले स्वागत मन्तव्य राख्दै विद्यालयले विगतमा गर्दै आएको असल गतिविधि र भविष्यमा गर्ने विभिन्न शैक्षिक योजनाहरुका बारेमा अभिभावकलाई प्रष्ट पारे । उनले सेन्ट लरेन्स स्कुल ‘लर्निङ फर लाइफ’ नारा बोकेर अघि बढेको उल्लेख गर्दै स्कुलले पढाईका साथै अरिरिक्त क्रियाकलापमा समेत जोड दिँदै आएको उनले उल्लेख गरे ।

कार्यक्रममा अभिभावकहरुको तर्फबाट बोल्दै अनुपकुमार नेपालले सेन्ट लरेन्स स्कुल सो भेगमा अन्य स्कुलभन्दा उत्कृष्ट स्कुलको रुपमा रहेको बताए । उनले सेन्ट लरेन्सले सैद्धान्तिक शिक्षाका साथै व्यवहारिक शिक्षामा पनि जोड दिइरहेको आफूले पाएको बताए ।
सो अवसरमा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशबप्रसाद दंगालले सेन्ट लरेन्स एउटा स्कुल मात्र नभई सबै बिद्यार्थीहरुको एउटा असल अभिभावकको भूमिकामा रहेर शिक्षण सिकाईको काममा समर्पित भएको जानकारी दिए ।

उनले भने–‘सेन्ट लरेन्स स्कुल एउटा भविष्य बोकेर अघि बढिरहेको स्कुल हो । यो स्कुल लामो शैक्षिक अनुभव संगाल्नु भएको ब्यक्तिहरुले सञ्चालन गर्नुभएको छ । यहाँ पढन पाठन गर्ने शिक्षकहरु लामो अनुभव हासिल गरेको हुनुहुन्छ । यो स्कुलमा हामी दिनको चार–पाँच पटक पाइला टेक्छौँ । हामी स्कुलमा बिहानदेखि बेलुकासम्म खटिइरहेका हुन्छौँ । यो स्कुल सफल रुपमा अघि बढ्नुमा अभिभावकहरुको साथ सहयोग सल्लाह र सुझाव मिलिरहेको छ । त्यसले हामीलाई हौसला प्रदान गरिरहेको छ ।’

उनले सेन्ट लरेन्स स्कुल तथा कलेजमा पढ्ने बिद्यार्थीहरुलाई बिभिन्न क्षेत्रमा अब्बल बनाउँदै लैजाने बताउँदै बिद्यार्थीलाई सैद्धान्तिक, व्यवहारिक शिक्षाका साथै असल संस्कार सिकाउन प्रतिबद्धताका साथ अघि बढिरहेको बताए । उनले अभिभावकहरुको साथ सहयोग र सुझाव लिएर अघि बढ्ने उल्लेख गरे । उनले आफ्ना बालबालिकाहरुलाई घरमा पनि पढ्ने, लेख्ने बातावरण बनाउँनपनि आग्रह गरे ।
उनले बिद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनमा मुख्य ध्यान केन्द्रीत गरेको बताउँदै सेन्ट लरेन्समा अध्ययन गर्ने बिद्यार्थी अब्बल भएर समाजमा निस्किरहेको जानकारी गराए ।

सो अवसरमा सेन्ट लरेन्सका शिक्षक, विद्यार्थी, अभिभावकलाई विभिन्न अवार्डद्वारा पुरस्कृत गरियो । एकेडेमिक एक्सिलेन्ट अवार्ड तर्फ छात्रा क्रिस्टिना खड्काले, नियमित विद्यार्थी तर्फको अवार्ड जेनिश गोलेले प्राप्त गरे । यस्तै अनुशासित विद्यार्थी अवार्ड आकांक्षा घिमिरे, निट एण्ड टाइडी अवार्ड पियंशा दंगाल, स्पोर्टस् एक्सिलेन्ट अवार्ड रेमण्ड सिंह र दिक्षा गुरुङलाई प्रदान गरियो । कार्यक्रममा स्टुडेन्ट अफ द इयरको उपाधि छात्रा रियाशा कार्कीलाई प्रदान गरियो । उत्कृष्ट अभिभावक अवार्ड अनामिका खत्रीलाई प्रदान गरियो भने उत्कृष्ट शिक्षकको अवार्ड सोफिया मल्लले प्राप्त गरिन । उत्कृष्ट कर्मचारी अवार्डबाट कमला भण्डारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न बिधामा सफल बिद्यार्थी, अभिभावक तथा विभिन्न ब्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान ब्यक्त गरिएको थियो भने सेन्ट लरेन्सका बिद्यार्थीहरुले विभिन्न नाटक, सांस्कृतिक कार्यक्रम, नृत्य लगायत कलात्मक प्रस्तुतीहरु मञ्चन गरेका थिए ।

संम्बन्धित समचार

Leave a Comment