स्ववियुमा नयाँ नेतृत्व छान्न मतदान सुरु

चैत्र ५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त अधिकांश क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन भइरहेको छ ।

देशैभर विहान ८ बजेदेखि मतदान भइरहेको छ । केही क्याम्पसमा मतदानमा ढिलाई भएको छ । मतदानको समय अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

संम्बन्धित समचार

Leave a Comment