‘सांस्कृतिक विविधताको संरक्षण गरेर मात्रै समृद्धीको आधार तयार हुन्छ’ :उपप्रधानमन्त्री पोखरेल

माघ २९,नवलपुर । हात्तीखोर राष्टिय सेवा दलद्धारा संचालित १४ व्याच सिनियर डिभिजन चौथो चरणको दीक्षान्त कवाजको समारोहलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका छन । सैनिकबाट क्याडेटहरुको सलामी ग्रहण समेत गरेका रक्षामन्त्री पोखरेलले उनीहरुलाइ दज्र्यानी चिन्ह ,शिल्ड तथा पुस्कार र विद्यालयहरुलाई प्रशंसापत्र वितरण गरेका छन ।

उपप्रधानमन्त्री पोखरेलले क्याडेटहरु वाट विभिन्न जातजातीहरुको,भाषा,कला ,संस्कृती भेषभुषा लगायतको झाकीहरु तथा प्रर्दशनीहरुको अवलोकन तथा निरीक्षण गरेका थिए ।

दीक्षान्त कवाजलाइ सम्वोधन गर्दै उनले ‘समृद्धीको आधार भनेकै सांस्कृतिक विविधताको संरक्षण गर्नु हो’ : उपप्रधानमन्त्री पोखरेलले भने । यो राष्टिय सेवा दलले विद्यार्थीहरुलाई राष्टिय एकता कायम गर्न ,सामाजिक सदभाव कायम गर्न ,असल नागरिक वनाउन ,स्वाभिमानी वनाउन ,युवाहरुमा राष्टियताको भावना जागुरुक बनाउन , देशको माया प्रति ओतप्रोत गर्न लगायत महत्वपुर्ण भुमिका खेलेको वताए ।

संम्बन्धित समचार

Leave a Comment