रेड्मी नोट १३ सिरिजमा नयाँ वर्ष अफर

काठमाडौँ । शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर लिएर आएको छ  । यस अन्तर्गत ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ फ्रिमा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् ।

रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५जीको खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ ३ हजार ४९९ रुपैयाँ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन्, जसको वास्तविक मूल्य ५ हजार ६९९ रुपैयाँ हो ।

त्यसैगरी रेडमी नोट १३  खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ  निःशुल्क पाउनेछन् । यस अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने शाओमीको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

रेड्मी १३ नोट सिरिज अन्तर्गत तिन प्रकारका फोनहरू उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जी  । शाओमीको यो अफर सिमित अवधिको लागि मात्र उपलब्ध छ । चैत्र १९ गतेबाट सुरु हुने यो अफरको फाइदा उठाउनका लागि ग्राहकहरू वैशाख ९ गते भित्र नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरमा जान सक्नेछन् ।

मूल्य तथा उपलब्धता

रेड्मी नोट १३ः

मूल्य: रु २४,९९९ (६/१२८ जिबी), रु २७,९९९ (८/२५६ जिबी)

मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू

रेड्मी नोट १३ प्रोः

मूल्य: रु ३४,९९९ (८/२५६ जिबी), रु ३९,९९९ (१२/५१२ जिबी)

मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल

रेड्मी नोट १३ प्रो प्लस ५ जी:

मूल्य: रु ४७,९९९ (८/२५६ जिबी), रु ५२,९९९ (१२/५१२ जिबी)

मिडनाइट ब्ल्याक, मुनलईट ह्वाइट र औरोरा पर्पल

संम्बन्धित समचार

Leave a Comment