सेवाग्राहीसँग घुस लिँदै गर्दा सब–इन्जिनियरसहित दुई जना पक्राउ

चैत्र २९,पोखरा । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानगरपालिकाको सब-इन्जिनियरसहित दुई जना पक्राउ परेका छन् ।

पोखरा महानगरको नक्सा शाखामा कार्यरत सब(इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले आज पक्राउ गरेको हो ।

उनीहरूको साथबाट सेवाग्रहीसँग लिएको डेढ लाख रुपैयाँ पनि बरामद भएको छ । उनीहरूले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए । पोखरा–५ का अध्यक्ष विष्णुप्रसाद बरालकाअनुसार अहिले प्रारम्भिक अनुसन्धान जारी छ ।

संम्बन्धित समचार

Leave a Comment