डाँगीलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग

बैशाख ३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत २७ मा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भई उपचारका क्रममा निधन भएका कार्यकर्तालाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

प्रदर्शनका क्रममा घाइते भएका डाँगीको सैनिक अस्पतालमा उपचाररत अवस्थामा सोमबार निधन भएको थियो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारसँग पार्टीको माग राखेका हुन् । ‘ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Comment