सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ३९ हजार दुई सयमा कारोवार हुँदै

बैशाख ४, काठमाण्डौँ । नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदैछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो ।

यसभन्दा अघि सुनको मूल्यले गत शुक्रबार ऐतिहासिक रेकर्ड बनाएको थियो। सो दिन सुन प्रतितोला एक लाख ३९ हजार रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रति‍औंस २३ सय ८७ अमेरिकी डलर पुगेको छ ।

संम्बन्धित समचार

Leave a Comment