कालोसूचीमा पर्ने ऋणीको संख्या थपिँदै, ९ महिनामै ३५ हजार !

बैशाख ४, काठमाडौँ । कालोसूचीमा पर्नेको संख्या बढ्दो नै छ । नौं महिनामा साढे ३५ हजारभन्दा बढी व्यक्ति तथा फर्म ऋणी कालोसूचीमा परेका छन् ।

कर्जा सूचना केन्द्रले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०र८१ को साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा महिनामा ३५ हजार ६०२ व्यक्ति तथा फर्मलाई कालोसूचीमा राखेको हो ।

पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढ्दो क्रममा नै छ । आर्थिक शिथिलताका कारण नै यो क्रम बढ्दो देखिएको हो । अझै पनि आर्थिक गतिविधि बढ्न सकिरहेको छैन । आर्थिक सङ्कुचनकै कारण आम मानिसको आम्दानी प्रभावित छ । व्यापार व्यवसायमा पनि गिरावट नै छ, त्यसले गर्दा व्यवसायी तथा ग्राहकले बैङ्क तथा वित्तीय संस्थाको ऋण तिर्न सकेका छैनन् । सोही कारण कालोसूचीमा पर्नेको सङ्ख्या बढ्दै गएको जानकारवालाहरु बताउँछन् ।

केन्द्रका अनुसार चैत मसान्तसम्म कालोसूचीमा पर्नेको संख्या १ लाख १० हजार नाघेको छ । गत असार मसान्तसम्म कालोसूचीमा पर्नेको संख्या ७४ हजार ९०७ थियो । अधिकांश चेक बाउन्सका कारण कालोसूचीमा पर्ने गरेका छन् । कालोसूचीमा परेका मध्ये ७० प्रतिशत चेक बाउन्सका कारण रहने गरेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment