नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

बैशाख ४, काडमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैशाख ३ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले ४.७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३ सय २८ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशतले हुन आउने ३ करोड २० लाख ३३ हजार ८ सय ५९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसरी कम्पनीले कुल ५ प्रतिशतले हुन आउने कुल ६७ करोड २६ लाख ६० हजार ३ सय ८० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल सरकार र बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख रहेको छ ।

उक्त लाभांश अब नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

संम्बन्धित समचार

Leave a Comment