सुदूरपश्चिम प्रदेश सरकार : एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता

बैशाख ४, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टी नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका लागि दिएको समर्थन फिर्ता लिएको छ ।

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । योसँगै मुख्यमन्त्री नियुक्तिमा नयाँ मोड आएको छ ।

यसअघि कांग्रेसका कमल शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न भनेका थिए । यसपछि कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरी र नेकपा एमाले तथा नेकपा माओवादीको समर्थनमा सोही पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

संम्बन्धित समचार

Leave a Comment