नेप्से पुनः २ हजार विन्दु तल, बजार राताम्मे हुँदा कारोबार रकम कति ?

बैशाख ४, काठमाण्डौँ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्चमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६३ प्रतिशतले घटेर ३५३.५१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर २ अर्ब १० करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतिएको छ । बैंकिङ समूह ०.४१ प्रतिशतले घटेको आज विकास बैंक ०.१९,वित्त ०.४८,होटल ०.२८,हाईड्रो १.३१,लगानी ०.६०,जीवन बीमा ०.५४,उत्पादन तथा प्रशोधन ०.५८,लघुवित्त १.१६,म्युचुअल फण्ड ०.०१,निर्जीवन बीमा ०.७५ र अन्य समूह १.०७ प्रतिशतले घटेको छ ।

संम्बन्धित समचार

Leave a Comment