शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशाख ४, काठमाण्डौँ । यो दिन पनि गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १७ करोड ५९ लाख बढीको सेयर कारोबार भएको छ ।

यस्तै सूर्यज्योति लाइफको ७ करोड ४३ लाख,पोखरा फाइनान्स ६ करोड ६८ लाख,सर्वोत्तम सिमेन्टको ४ करोड ५९ लाख र शिवम् सिमेन्टको ४ करोड ४७ लाख बढीको सेयर कारोबार भएको छ ।

आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य ९.९६ प्रतिशतले बढ्यो । यो दिन ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.०२ र दिव्यश्वरी हाईड्रोको सेयरमूल्य ४.०४ प्रतिशतले बढ्यो ।

आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यो दिन पोखरा फाइनान्सको सेयरमूल्य ६.७४ प्रतिशत,सिवाईसी नेपाल लघुवित्तको ६.५०, दोल्ती पावरको ५.६० र जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ५.०६ प्रतिशतले घट्यो ।

संम्बन्धित समचार

Leave a Comment