नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

बैशाख ५, काठमाण्डौँ । निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ ।

नेपाली बजारलाई सहयोग गर्ने उद्धेश्यले जेसीबी इन्डियाले ट्र्याक गरिएका केहि एक्साभेटरहरूको लागि ५ वर्ष वा १०,००० घण्टाको वारेन्टी योजना ल्याएको छ । एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशक वर्षदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरु वितरण गर्दै आएको छ । एमएडब्लूको केन्द्रिय कार्यालय काठमाडौंमा छ भने नेपालभरि ३२ वटा शाखा कार्यालयहरु छन् र तीनवटा अपरेटर प्रशिक्षण संस्थानहरू छन् जहाँ युवाहरूलाई जेसीबी मेसिन चलाउन तालिम दिइन्छ । एमएडब्लूले नेपालमा आफ्नो चौथो अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै उद्घाटन गर्दैछ ।

जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दिपक शेट्टीज्युले नेपाल भ्रमणको क्रममा भन्नुभयो “ नेपाल हाम्रो लागि दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजार हो । यस क्षेत्रमा नेपालको नौलो पहिचान र स्थान छ, र हामीले हाम्रा ग्राहकहरूका लागि यहाँ सधैं अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएका छौँ । हामी हाम्रो आधिकारिक डिलर एमएडब्लू अर्थ मुभर्समार्फत हामीले निरन्तर राम्रो सम्बन्ध कायम राख्न सफल भएका छौँ ।”

नेपालमा जेसीबीका १०,५०० भन्दा धेरै उपकरणहरु संचालनमा छन् । जसमध्ये व्याकहो लोडर्स, एक्साभेटर, विल्ड लोडर्स, र टेलिह्याण्डलर्स प्रसिद्ध छन् । यी सम्पूर्ण उपकरणहरुका पार्ट–पूर्जा र सर्भिसमा एमएडब्लू अर्थ मुभर्सका राष्ट्रव्यापी आउटलेट सञ्जालमार्फत सर्भिस भ्यानहरु परिचालन गरी ग्राहकहरूलाई सेवा सहायता प्रदान गरिन्छ ।”

संम्बन्धित समचार

Leave a Comment