नेपालमा लगानी गर्न विश्व बैंक र वित्त निगमलाई अर्थमन्त्री पुनको आग्रह

बैशाख ५, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् ।

निसिओ विश्व बैंकका विकास वित्त डीएफआई परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङ्टन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेट गरेका हुन् । यस्तै उनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम आईएफसी उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटेका छन् ।

आईडीए बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको बताए । उनले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गरे ।

पुनले नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास ग्रिडका लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौं घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Comment