सिद्धबाबामाथि आश्रममै बोलाएर बलात्कार गरेको आरोप, अदालतले दियो पक्राउको आदेश

मंसिर १३, काठमाडौं । बलात्कारको आरोप लागेका ‘सिद्धबाबा कृष्णदासजी महाराज’ लाई पक्राउ गर्न अनुमति मिलेको छ ।

सुनसरी जिल्ला अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । पक्राउ पुर्जीमा सिद्धबाबा भनिने कृष्णदास गिरी उल्लेख छ।

एक महिलालाई बलात्कार गरेको जाहेरीका आधारमा अनुसन्धानपछि प्रहरीले सिद्धबाबालाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो।

सुनसरीको चतरामा बस्दै आएका सिद्धबाबाले एक अनुयायीलाई आश्रममै बोलाएर बलात्कार गरेको आरोप छ।

समाधि बसेर ख्याति कमाएका सिद्धबाबाले गत महिना ती महिलामाथि बलात्कार गरेर जाहेरीमा उल्लेख गरिएको छ।

संम्बन्धित समचार

Leave a Comment