विद्यार्थी राजनीति हुँदै प्राध्यापनदेखि सांसदसम्म, यस्तो छ विद्या भट्टराईको जीवन यात्रा

मंसिर १६, कास्की । कास्की-२ बाट प्रतिनिधिसभा सदस्य पदमा उपनिर्वाचनमार्फत आइतबार निर्वाचित विद्या भट्टराई तत्कालीन दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका जीवन संगिनी हुन् ।

स्व. अधिकारी तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियुको महासचिव हुँदा उनी सचिव थिइन् । रवीन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन संगिनी भट्टराई दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिएकी भए पनि अधिकारीको अवसानसँगै उनले लगातार ३ पटक जितेको कास्की-२ का जनताले उनकै सट्टा जनप्रतिनिधिको रुपमा संसद प्रवेश गराउँदै छन् ।

भट्टराई ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी थिइन् । हाल प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रविन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख थिइन् ।

०५५ सालमा बिहे भएपछि रवीन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निष्कृय भइन् । अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घर व्यवहार धान्दै दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउनेमा ध्यान दिइन् । समाजशास्त्रमा एमफिल उनी कास्की-२ को निर्वाचनमा होमिने निश्चित हुनुअघिसम्म रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रध्यापनरत थिइन् । नयाँ पत्रिकामा खबर छ ।

संम्बन्धित समचार

Leave a Comment