साग फुटबल : बंगलादेशलाई १–० ले हराउँदै नेपाल फाइनलमा

मंसिर २२,काठमाडौँ । नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ ।

आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।

पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १-० कै अन्तरमा खेल जित्यो ।

संम्बन्धित समचार

Leave a Comment