पेप्सीको उत्पादक कम्पनी वरुण वेभेरेजका संचालकहरु विरुद्द राजश्व छलिको मुद्दा, १ अर्ब ९४ करोड जरिवाना माग

पुष ३, काठमाडौं । एकवर्षको अनुसन्धानपछि राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छल्ने ठूला माछा विरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान विभागले पेप्सीको उत्पादक कम्पनी वरुण वेभेरेजका संचालकहरु विरुद्द मुद्दा दर्ता गरेको छ ।

राजस्व अनुसन्धान विभागले पछिल्लो समय नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छल्ने फर्म तथा कम्पनी विरुद्द अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय विभागले ठूलो कम्पनीले राजस्व छलीको लागि नक्कली भ्याट बिल प्रयोग गरेका भेटाएको हो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले एकवर्षको अनुसन्धानपछि वरुण वेभरेजले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गरेको पुष्टी भएपछि मुद्दा दायर गरिएको बताए ।

‘बहुराष्ट्रिय कम्पनी नै नेपालमा नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गर्नु राम्रो होइन, ठूलो कम्पनीले नै कानून विपरितको काम गरेको देखियो,’ मैनालीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने ।

पेप्सीको उत्पादक कम्पनी वरुण वेभरेजले २५ करोड ३४ लाख रुपैयाँ नक्कली भ्याटबिल प्रयोग गरेको छ । आयकर तर्फ भने वरुण वेभरेजले ३९ करोड ६१ लाख रुपैयाँ ठगेको थियो । विभागले ६४ करोड ९६ लाख रुपैयाँ बिगो कायम राखेर त्यसको दोब्बर १ अर्ब ९४ करोड जम्म जरिवाना र ३ वर्षसम्म सजाय माग राख्दै काठमाडौं जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको छ ।

विभागले वेभरेजका संचालक अमित गुप्ता,रविकान्त ताजपुरिया,रोहित कोहली,प्रविन कुमार अग्रवाल,बिनोदकुमार सिहं विरुद्द पनि जेल सजाय माग राखेको छ ।

वरुण वेभरेज भारतीय कम्पनी हो । जसले नेपालमा अमेरिकन पेय उत्पादक कम्पनी पेप्सीको उत्पादन तथा बिक्री गर्दै आएको छ ।

संम्बन्धित समचार

Leave a Comment