जीप कर्णाली नदीमा खस्दा पाँच जनाको मृत्यु

पौष १७, काठमाण्डौँ । बाजुराको हिमाली गाउँपालिकामा जीप कर्णाली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । एक बेपत्ता थिए । बेपत्ताको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार से १ ज १०६४ नम्बरको जीप बिहीबार धुलाचोरबाट कोल्टी जाँदै गरेको र दिउँसो कर्णाली नदीमा खसेको हो । भाटका अनुसार दुर्घटनामा चार जना घाइते छन् । दुई जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते हुनेमा दुई जना मुगु मुगुकर्मारोक गाउँपालिका ८ का २० वर्षीय गेम्चो लामा र २१ वर्षीय टोर्से लामा छन् । यस्तै, बाजुरा बुढीनन्दा नगरपालिका ६ की २२ वर्षीया सरू विक र उनकी दुई वर्षीया छोरी सामान्य घाइते छन् ।मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको भाटले बताए । अन्य मृतकको सनाखत भइसकेको छैन ।

फोटो : फाईल

संम्बन्धित समचार

Leave a Comment