मकवानपुरको पानोर रिसोर्ट ३ महिनाका लागि निलम्बन

माघ २८, काठमाण्डौ । आठ जना भारतीयको ज्यान गएपछि सरकारले मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट ३ महिनाका लागि निलम्बन गरेको छ ।

माघ ६ गते रिसोर्टमा बसेका ८ जना भारतीय नागरिकको निसास्सिएर ज्यान गएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले रिसोर्टले सुरक्षात्मक उपाय नअपनाएको, व्यवस्थापकीय कमजोरी रहेको र स्तर वर्गीकरण पनि नगरेको पाइएको भन्दै रिसोर्ट निलम्बन गर्न सिफारिस गरेको थियो ।

संम्बन्धित समचार

Leave a Comment