व्यक्तिगत अभ्यासमै सीमित छन् ओलम्पिकका लागि सिफारिस खेलाडी

जेठ २७, काठमाडौं । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा प्रतिस्पर्धा गर्न तीन माध्यम छन्– छनोट प्रतियोगिता पार गर्ने, सदस्य राष्ट्रको अनिवार्य सहभागिता गर्नका लागि एथलेटिक्स र पौडीमा दिइने कोटा यूपीएस सिस्टम तथा वाइल्ड कार्ड प्राप्त गर्ने ।

छनोट प्रतियोगितामा असफल भए पनि त्यसमा गरिएको प्रदर्शनका आधारमा ओलम्पिकले मौका दिने माध्यम हो, ‘वाइल्ड कार्ड इन्ट्री’। आगामी ओलम्पिकमा नेपाली खेलाडीहरू वाइल्ड कार्डमार्फत् प्रवेश गर्दैछन् ।

सन् १९६४ को टोकियो गृष्मकालीन ओलम्पिकदेखि नेपालले यस प्रतियोगितामा सहभागिता जनाउन थालेको हो। त्यसयता तेक्वान्दोमा संगीना बैद्य एथेन्स २००४ र दीपक विष्ट बेइजिङ २००८ ले मात्र छनोट प्रतियोगिता पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । अन्य खेलाडीले भने वाइल्ड कार्ड इन्ट्री र अनिवार्य सहभागिताको माध्यमबाट ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले अनिवार्य सहभागिताअनुसार पौडीमा दुई र एथलेटिक्समा दुई गरी चार जनाको सहभागिता सुनिश्चित हुन्थ्यो । तर, यस संस्करणदेखि आइओसीले एथलेटिक्समा एउटा मात्र कोटा पठाएको छ । त्यसकारण अनिवार्य सहभागितातर्फ नेपालका तीन खेलाडीले मात्र सहभागीता जनाउन सक्छन् ।देखापढीबाट

संम्बन्धित समचार

Leave a Comment