नेपालमै पहिलो पटक किवीको वाइन बजारमा,धेरैको रोजाईमा पर्ने आँकलन

कार्तिक २१, काठमाण्डौ । किवीको पहिलो वाइन काठमाडौमा सार्वजनिक गरिएको छ । माउण्ट एभरेष्ट वाइनरीले उत्पादन गरेको प्रिन्सेस नामक वाइन काठमाडौको तिनकुने स्थित सिद्धार्थ कटेज एन्ड रेस्टुरेन्टमा एक समारोहबीच आफ्नो उत्पादन सार्वजनिक गरेको हो ।

मदिरा ब्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले किवीको वाइन खोलेर उद्घाटन गरेका थिए । नेपालमै पहिलो पटक किवीको वाइन बजारमा आएको भन्दै खुसी व्यक्त गरे । किसानहरुकोे उत्पादनले बजार पाएको भन्दै वाइन पनि उत्कृष्ट भएको प्रतिक्रिया दिए । नेपाली उपभोक्ताहरुको स्वाद र रुचिमा अध्यान गरि उत्पादन गरिएको वाइन धेरैले मन पराउने उनको विश्वास छ ।

मदिरा ब्यवसायी महासंघकै केन्द्रिय सदस्य सालिकराम कडेलले पनि वाइन पारखीको लागि उत्कृष्ट भएको दाबी गरे । औषधीय गुण भएको किवी फलको वाइन धेरै राम्रो भएको बताएका थिए । नेपालमै पहिलो उत्पादन क्वालिटिमा पनि धेरै राम्रो भएको उनीहरुको भनाई थियो । उद्योगी व्यपारीहरुले समेत वाइनको प्रशंसा गरेका छन ।

वाइनलाई काठमाण्डौले अत्याधिक मन पराएको माउण्ट एभरेष्ट वाइनरीका प्रबन्ध निर्देशक विष्णु बास्तोलाले भने । काठमाण्डौलाई चखाउन हामीले पहिलो उत्पादन काठमाण्डौबाट विक्री वितरण सुरु गरेको थियौ बास्तोला भन्छन् । काठमाण्डौमा पाएको अपार सफलता पछि पूर्वी नेपाल सँगै अन्य सहरहरुमा तत्काल लौजाने तयारीमा छौ उनी भन्छन् ।

पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने किवी फल विश्वकै उत्कृष्ट फल हो । अहिले गाउँ घरमा खेर गईरहेको फलबाट वाइन उत्पादन भए सँगै पूर्वी पहाडी जिल्लाका किसानहरु समेत उत्साहित भएका छन । वाइनको उत्कृष्ट क्वालिटि भएको भन्दै अहिले बजार माग समेत बढिरहेको कम्पनीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment