तीन परियोजनाका लागि लगानी बोर्डले ३८ अर्ब ६८ करोड स्वीकृत गर्यो

कार्तिक २६, काठमाण्डौ । लगानी बोर्डले तीनवटा परियोजनाका लागि ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४५ औं बैठकले यस्तो निर्णय गरेको हो ।

सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत गरेको हो । बैठकले लगानी बोर्ड कार्यालयको क्षमताको अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे पनि छलफल गरेको छ ।

 

संम्बन्धित समचार

Leave a Comment