विप्लव’को नाममा ३ करोड चन्दा माग्ने नुवाकोटका सिलवालसहित ४ जना पक्राउ !

कार्तिक २६, काठमाण्डौ । ‘विप्लव समूह’को नाममा काठमाडौंमा धम्क्याएर चन्दा माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ उर्फ अटल, काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य छन् ।

४२ बर्षिय आचार्य कानुन व्यवसायी हुन् । सो समूहले कन्सल्टेन्सी संचालकसँग ३ करोड चन्दा मागेको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी दिपक थापाले बताए । रामेछापको सुनापती घर भएका ३१ वर्षीय रामदल श्रेष्ठ ‘अटल’ विप्लव समूह रामेछापका पूर्व जिल्ला सेक्रेटरी हुन् ।

संम्बन्धित समचार

Leave a Comment