नेपालमा कोरोना संक्रमण मुक्त ९४.९ प्रतिशत भए, थपिने संख्या घट्दै !

मंसिर २९, काठमाण्डौ । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा एक हजार पाँच जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या ९४.९ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले गएको २४ घण्टामा देशभरका प्रयोगशालामा पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ४८ हजार ४२३ पुगेको छ भने दुई लाख ३५ हजार ७३१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणबाट नेपालमा एक हजार ६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १० हजार ९९४ जना सक्रिय सङ्क्रमित छन् । विश्वमा सात करोड २१ लाख ७४ हजार ५८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । त्यसमा निको हुनेको सङ्ख्या पाँच करोड, पाँच लाख ६२ हजार ९३८ पुगेको वल्र्डओमिटरले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment