स्मार्टडोकोको अपडेटेड नयाँ भर्सनको एप पुनःलन्च हुँदै

पुस १०, काठमाण्डौ ।  आइएमएस ग्रुपको लगानीपछि ई–कमर्श कम्पनी स्मार्टडोकोले मोबाइल एप तथा वेभसाइटको नयाँ भर्जन अपडेटेड गरी पुनःलन्च गर्ने भएको छ । यस नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ । यही अवसरमा स्मार्टडोकोले “स्मार्टडोको २०२१ रिलोडेड” पनि ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले विभिन्न छुटको लाभ उठाउन सक्नेछन् जस्तैः

-स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्टकार्डको आधारमा पाउनेछन् ।(न्यूनतम् अर्डर भ्यालु रु.२५०० हुनुपर्नेछ र यो अफर ग्राहकहरुलाई पहिलो भुक्तानी गर्दा मात्र लागु हुनेछ) ।
-सेलपेबाट रकम भुक्तानी गर्दा एक हजार लोयल्टी पोइन्टस् क्यासब्याकको रुपमा पाउनेछन् र नेपालभर निःशुल्क डेलिभरी पाइनेछ । (ग्राहकहरुले यस अफर १ पटक मात्र प्राप्त गर्न सक्नेछन्) ।
-ई–सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाउनेछन् ।
-हिमालयन बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा हुने छ ।

-नेपाल इन्भेष्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा हुने छ । (न्यूनतम् अर्डर रु. २००० को हुनुपर्ने छ) ।
-माच्छापुच्छ्रे बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. ५०० को सिमा हुने छ ।
-सामसुङ, एमआई र वन् प्लस् ब्राण्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको बे्रकेज बीमा सुविधा पाइनेछ ।
-हरेक दिन एकजना व्यक्तिले १० हजारसम्मको गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन् ।
(ब्राण्डहरुः मामा अर्थ, ट्रेसमे, गोल्डेन फ्रेसमार्ट, नेचर्स केयर, एसेन्सियल लिभिङ, एक्सएज, डाक्टर ब्राउन, बिबि लभ, ह्याप्पी फिट र एभर यूथ)।

-१ रुपैयाँ गेम (१ भाग्यशाली ग्राहकले इन्लार्जरको पावर बैंक जित्ने मौका पाउनेछ) ।
-२५ डिसेम्बर, बिहान १२ बजेदेखि बिहान १० बजे सम्म अर्डर गर्ने ग्राहकहरुलाई नेपाल भरी फ्रि डेलिभरीको सुविधा उपलब्ध गराइएको छ ।
-फ्ल्यास–सेल र अन्य अफरहरु पनि छन् ।

ग्राहकहरुले सबै अफरहरु प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्जन एप अप्डेट वा डाउनलोड गर्नुपर्नेछ । यो अफर २५ डिसेम्बर देखि १ जनवरी २०२१ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले भने, ‘स्मार्टडोकोमा लगानी गरेपछि र यसलाई आईएमएस ग्रुपमा समावेश गरिसकेपछि हामी हाम्रा ग्राहकहरूलाई स्मार्टडोकोको नयाँ भर्जन चिनाउन चाहन्छौं । भर्खरै नयाँ लोगोको परिचय गरिसकेपछि, हामीले हाम्रो वेबसाइट र मोबाइल एपलाई सुधारगरी नयाँ रूप दिएका छौं ताकि उपयोगकर्तालाई अनुकूल इन्टरफेसको अनुभव होस् ।’

संम्बन्धित समचार

Leave a Comment