बिश्वमा कोरोना स्थिती : ज्यान गुमाउनेको संख्या २० लाख नाघ्यो !

माघ २, काठमाडौ । विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १४ हजार ६६३ जना संक्रमितले ज्यान गुमाएका छन् । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज शुक्रबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख ५९९ पुगेको छ । हालसम्म विश्वभर नौ करोड ३४ लाख ६६ हजार ४०५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कूल संक्रमितमध्ये ६ करोड ६७ लाख ६१ हजार १९३ जना उपचारपछि निको भइसकेका छन् । बाँकी दुई करोड ४७ लाख चार हजार ६१३ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । त्यहाँ तीन लाख ९७ हजार ४८५ जनाको मृत्यु भइसकेको छ । गत २४ घण्टामा त्यहाँ थप तीन हजार ५५२ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख सात हजार १६० जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५१ हजार ९५४ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ । कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३६ हजार ९१७, बेलायतमा ८६ हजार १५, इटलीमा ८० हजार ८४८, फ्रान्समा ६९ हजार ३१३, स्पेनमा ५३ हजार ७९, इरानमा ५६ हजार ५३८, अर्जेन्टिनामा ४५ हजार १२५, कोलम्बियामा ४७ हजार ४९१ तथा रसियामा ६३ हजार ९४० जनाको मृत्यु भएको तथ्यांक छ ।

संम्बन्धित समचार

Leave a Comment