महिला लघुवित्तको आइपीओमा आवेदनको बाढी, कतिले भरे अहिलेसम्म ?

फागुण ३, काठमाडौ । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा १ अर्ब ४० करोड ५१ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ९ लाख १२ हजार ४१५ जनाले १ करोड ४० लाख ५१ हजार ३५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७।४७ गुणा बढी आवेदन हो ।

यसमा ९ लाख १२ हजार ४१५ जना सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् । महिला लघुवित्तले माघ ३० गतेबाट ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । महिला लघुवित्तको आइपीओ फागुन ४ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

 

संम्बन्धित समचार

Leave a Comment