आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं, २५ फागुन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । अहिले सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागहरूमा आंशिक बदली रहने छ । अपरान्ह पश्चात देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । राती स् देशका पहाडी भूभागहरुमा आंशिक बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

संम्बन्धित समचार

Leave a Comment