सिंगटी हाइड्रोको आइपीओमा पहिलो दिन नै माग भन्दा धेरै आवेदन, २ लाख ४२ हजारले गरे आवेदन !

चैत्र ७, काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिनमा नै १.५ गुणा भन्दा धेरै आवेदन परेका छन् । बिक्री प्रबन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा २ लाख ४२ हजार ८६१ जना आवेदकबाट ४० लाख ८३ हजार ५४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको १.५ गुणा भन्दा धेरै हो ।

कम्पनीले शुक्रबारदेखि बिक्रीमा ल्याएको २९ लाख कित्ता आइपीओमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । बाँकी रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन सकिने छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ । सो शेयर खरिदका लागि चैत १० गतेसम्ममा आवेदन दिनुपर्नेछ ।

 

 

संम्बन्धित समचार

Leave a Comment