प्रधानमन्त्रीले भाषणमा आत्मरति र आत्मप्रशंसा गर्नु विडम्बना : सभापति देउवा

बैशाख २७,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको भयावह अवस्था आउनुमा सरकार जिम्मेवार भएको बताएका छन् ।

विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले सरकारले समयमै काम नगर्दा महामारीको भयावह अवस्था आएको बताए ।

उनले अघि भने, ‘दुई साता अगाडि बढ्न थालेको अवस्थामा प्रधनमन्त्रीजी ठूलो तामझामका साथ तयार नै नभएको धरहरा उद्घाटन गर्न जानुभयो । यो गैर जिम्मेवारीको नमुना हो ।’

उनले कमिसनका कारण खोप आउन नसकेको दाबी गरे । सरकार नै भ्रष्टाचारमा संलग्न भएको भन्दै देउवाले जनताको जीवन रक्षा गर्ने औषधिमा भ्रष्टाचार गर्नु जनतताविरुद्धको अक्ष्यम्य अपराध भएको बताए ।

देउवाले अघि भने, ‘जनताका लागि अक्सिजनको व्यवस्था गर्न नसक्ने, आक्सिजन बेड, आईसीयू, भेन्टिलेटर र अस्पतालको अभावमा जनतामा मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्रीले भाषणमा आत्मरति र आत्मप्रशंसा गर्नु विडम्बनाबाहेक के हुनसक्छ ।’

संम्बन्धित समचार

Leave a Comment