संरक्षित वन्यजन्तु गौरी गाईको गणना सुरु

बैशाख ३०, काठमाडौ । नेपालको संरक्षित प्रजातिमा रहेको जङ्गली गाई गौरी गाईको बुधवारबाट चितवन राष्ट्रिय निकुञ्जमा गणना सुरु गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले पाँच वर्षपछि यो प्रजातिको गणना गर्न थालेको हो । यस अघि सन् २०१६ मा गौरी गाईको गणना गरिएको थियो । गौरी गाई चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पाइने गरेका छन् । सन् १९५० का दशकमा नेपालको पूर्वी क्षेत्र उदयपुर तथा कोशी टप्पु क्षेत्रमा प्रशस्त पाइने गौरी गाई पछिल्ला दिनमा देखिन छाडेका छन् ।

सन् २०१६ मा गरिएको गणनामा चितवनमा ३६८ वटा र पर्सामा १०५ वटा गौरी गाई रेकर्ड गरिएका थिए भने सन् २०११ को गणनामा ३१२ वटा गौरी गाई रेकर्ड भएका थिए । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गौरी गाईको प्रमुख बासस्थान मानिएको त्रिवेणी क्षेत्र, चुरे तथा टाइगर टप्स क्षेत्रमा २२ वटा हात्तीको प्रयोग गरि गणना गरिन थालिएको छ ।

संम्बन्धित समचार

Leave a Comment