आकश्मिक जसपा कार्यकारिणी समिति बैठक किन स्थगित ?

जेठ ७, काठमाडौ । जनता समाजवादी पार्टी नेपाल जसपाको कार्यकारिणी समितिको बैठक स्थगन भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै यही जेठ ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगित गरेका हुन् ।

‘यसअघि जेठ ४ गते जानकारी गरिएअनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक कोभिड–१९ बढ्दो महामारीको कारणले अर्को सूचना नभएसम्म बैठक स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षले भने एकतर्फी रुपमा बैठक स्थगन गरिएकामा आपत्ति जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment