डा. बाबुराम भट्टराई भन्छन्-‘खुराफात शीरोमणिहरूले पुनःजालझेल गर्न सक्छन्’

जेठ ७, काठमाण्डौ । काठमाडौ । जनता समाजवादी पार्टी जसपाका संघीय परिषदका अध्यक्ष एवम पूवप्रधानमन्त्री डा बाबुराम भट्टराईले खुराफात शीरोमणिहरुले पुनःजालझेल गर्नसक्ने संकेत गरेका छन् । धारा ७६ ५ वमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्तिका निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु र जालझेल गरी टार्ने ठाउॅ नभएको पनि उल्लेख गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘धारा ७६ ५ वमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तुरजालझेल गरी टार्ने ठाउॅ छैन । खुराफात शीरोमणिहरूले पुनःजालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारीरप्रतिवाद गर्नुपर्छ है ।’

संविधानको धारा ७६ ५ अनुसार नयाँ सरकार गठन प्रक्रिया शुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आब्हान गरेको समयावधि सकिन लाग्दा डा। भट्टराईको प्रतिक्रिया आएको हो ।

 

संम्बन्धित समचार

Leave a Comment